सुर्खेत, असार ३० । कर्णाली प्रदेशका एकजना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कांग्रेस सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उनमा संक्रमण पुष्टि भएसँगै प्रदेश सभाका सदस्य, कर्मचारीलगायत अन्य व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको काम शुरु गरिएको छ ।
प्रदेश सभाका सदस्यलाई संक्रमण पुष्टि भएपछि संसद बैठक स्थगित गरिएको छ ।
कर्णाली प्रदेशमा मंगलबार प्रदेशका सांसदसहित थप २६ जनामा कोरोना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितमा सुर्खेतका १४ जना, दैलेखका ६ जना, जुम्लाका ५ जना र जाजरकोटका एक छन् ।
योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय ९० पुगेको छ भने १४ सय ६२ जना डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस्