
काठमाडौं, असार ३१ । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा कास्की पोखरा महानगरपालिकामा १ जना, नवलपरासी सुस्ता पूर्वका ११, म्याग्दीमा ९, गोरखामा १ र तनहुँमा ३ जना रहेका छन् ।
कोरोना देखिएका संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा.शर्माले जनाकारी दिए ।
योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ ।
प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ९ सय २५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ को मृत्यु भएको छ ।
मृत्यु हुनेमा बागलुङका १, गोरखाका १, स्याङजाको वालिङका १ र आँधिखोला गाउँपालिकाको पञ्चमुलका ५५ वर्षीय १ पुरुष रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्