१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पूर्वराष्ट्रिय फुटबल खेलाडीहरुलाई ‘फुटबलर्स मिशन टुगेदर’को सम्मान


0
Shares

काठमाडौं, असार ३१ । फुटबलर्स मिसन टुगेदर (एफएमटी) ले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडीहरुलाई सम्मान गरेको छ ।

पूर्व राष्ट्रिय खेलाडीहरुको सञ्जाल एफएमटीले आज ललितपूरमा एक कार्यक्रम गरी सन् १९८३ यता नेपालको राष्ट्रिय टोलीबाट खेलेका ४८ खेलाडीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा मिशनका महासचिव धिरेन्द्र प्रधानले सम्मानित हुने २० महिला तथा२८ पुरुष पूर्व खेलाडीहरुको नाम सार्वजनिक गर्नुभएको थियो ।

सम्मानित हुने पुरुष खेलाडीहरुमा गणेश थापा, कृष्ण बहादुर थापा, श्रीराम रंजितकार, धिरेन्द्र प्रधान, भक्तराज कर्णिकार, मान बहादुर मल्ल, विनय श्रेष्ठ, भिक्टर राणा, अजय मानन्धर, लोक बहादुर शाही, गोपाल श्रेष्ठ, किरण राई, बिदुर बिष्ट र राम दर्शन गुरुङ रहेका छन् ।

त्यस्तै नरेन्द्र श्रेष्ठ, मोहन शाही, दिपक हर्ष बज्राचार्य, पुनम थापा, जीवन श्रेष्ठ, रजतमान तुलाधर, वरुण मानन्धर, कृष्ण आले, डम्बर सिंह गुरुङ, दिनेश थापा, राजुकाजी शाक्य, यम बहादुर घले, सुरेश बस्नेत र राजेश मानन्धर पनि सम्मानित हुनुभएको छ ।

महिलातर्फ जमुना गुरुङ, चन्दा भण्डारी, प्रमिला राई, भगवती थापा, अनु लामा, अस्मिता खवास, सपना लामा, नमिता दाहाल, उषा भण्डारी, लक्ष्मी पौडेल, मनमाया मगर, दिपा अधिकारी, निरु थापा, सजना राना मगर, मिरा महर्जन, विनिता श्रेष्ठ, दिपा क्षेत्री, रन्जना दर्जी, निशा देवान र तुलषा सिंहलाई सम्मान गरिएको हो ।

सम्मानित हुने खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र श्रेष्ठले सम्मान पत्र प्रदान गर्नुभयो ।