
कैलाली, असार ३१ । सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि भएको छ ।
धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा आज संक्रमण पुष्टि भएकाहरुमा कञ्चनपुरका ११ जना, कैलालीका ४, अछामका ४ जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ९७५ पुगेको छ ।
संक्रमित मध्ये १ हजार ५ सय ८५ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्