१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेलम्चीमा बेपत्ता इञ्जिनीयरको शव फेला


0
Shares

मेलम्चीमा, असार ३१ । मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ ।

परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुईजना बेपत्ता भएका थिए ।

तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव बुधबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजीकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको पनि उहाँले बताउनुभयो । रासस