१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


थप १६७ जनामा कोरोना संक्रमण, २१३ जना डिस्चार्ज


0
Shares

काठमाडौं, साउन १ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ६७ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा २ सय १३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोनाबाट निको हुनेको सं ११ हजार २ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ । डिस्र्चाज हुनेहरु ६८.८५ प्रतिशत हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको मात्र पीसीआर परीक्षण भएको छ ।

हाल २३ हजार ५ सय जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ६ हजार ५६ जना आइसोलेसनमा रहेका छन् ।

५ सय बढी संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा गरी ५ जिल्ला रहेका छन् ।

प्रवक्ता गौतमले हवाइ तथा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुको कम्तीमा एकपटक पिसिआर परिक्षण गराउन स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेकोबताउनुभयो ।