१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङमा ७५ प्रतिशत धान रोपाइँ सकियो


0
Shares

ताप्लेजुङ, साउन १ । ताप्लेजुङमा गत वर्षको तुलनामा यो वर्ष चाँडै धान रोपाइँ भएको छ ।

समयमै वर्षा भई सिँचाइ उपलब्ध भएकोले हालसम्म ७५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले ताप्लेजुङलृे जनाएको छ ।

यो वर्ष कोरोनाको कारणले युवाहरु गाँउमै रहेकोले पनि खेतबारीमा काम गर्न सजिलो भएको हो ।

ताप्लेजुङमा ८ हजार ६५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।