१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दर्ता र परीक्षण बिना स्यानिटाइजरको उत्पादन गर्न दिने निर्णय फिर्ता लिन औषधी उत्पादक संघको आग्रह


0
Shares

काठमाडौं, साउन १ । नेपाल औषधी उत्पादक संघले स्यानिटाइजर उत्पादनमा नेपाली औषधी उद्योग आत्मनिर्भर भइसकेकाले बिना दर्ता र गुणस्तर परीक्षण बिना नै बिक्री वितरण गर्न दिने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गरी उनीहरुले नेपालमा विना दर्ता गुणस्तरहिन स्यानिटाइजर बिक्री भइरहेकोले तत्काल रोक लगाउन आग्रह गरेका हुन् ।

असार २९ गतेदेखि आन्दोलनमा उत्रिएका उनीहरुले नेपाललाई आवश्यक पर्ने स्यानिटाइजर औषधी उत्पादन संघले उत्पादन गरिरहेपनि सरकारले बाह्य देशवाट आयात गरिरहेकाले आफूहरुलाई समस्या परेको जनाएका छन् ।

पत्रकार सम्मेलनमा संघका महासचिव विप्लव अधिकारीले लकडाउनको समयमा नेपाली उत्पादन भएका स्यानिटाइजर धान्ने हाल विदेशवाट पुनः आयात गर्ने किन गर्नुपर्यो भन्नुभयो ।

नेपालमा सजिलै बन्न सक्ने, माग अनुसारको आपूर्ति गर्न सकिने र मूल्यको सुनिश्चितता भएका उत्पादनहरु तत्काल आयात बन्द गराउन आग्रह गर्नुभयो ।

३० वटा औषधीको कञ्चापदार्थ मात्र विदेशवाट आयात गर्ने निर्णय भएपनि कार्यान्ययन नभएको भन्दै उनीहरुले स्वदेशी औषधी उद्योगलाई प्रत्साहन गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।