
काठमाडौं, साउन १ । साताको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले उकालो लाग्यो ।
कारोबार पनि अर्ब नाघ्यो । उतारचढाव बिच बजार परिसुचक नेप्से ३२ अंकले उकालो लागेर १३ सय ९४ पुग्यो ।
यसदिन कारोबार भएका सबै समुह उकालो लागे ।
यसदिन जीवन बिमा समुह सबैभन्दा उच्च १ सय ३१ अंकले उकालो लाग्दा निर्जिवन बिमा समुह ७९ अंकले उकालो लाग्यो ।
वाणिज्य बैंक, होटल, व्यापार, विकास बैंक र वित्त समुह क्रमशः दोहोरो अंकले उक्लिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ८० कम्पनीको २९ लाख १४ हजार कित्ता शेयर १ अर्ब ४१ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्