१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


व्यापारीसँग करोडौं रुपैयाँ ठगी गर्ने एकजना पक्राउ


39
Shares

काठमाडौं, साउन २ । महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न जिल्लाका व्यापारीहरुसँग करोडौं रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

झापा जिल्लाको दमक नजगरपालिका घर भएका चन्दन जिन्दललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिन्दलले झापा, बारा, पर्सा र सर्लाहीका २२ जना व्यपारीबाट झण्डै ८ करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

जिन्दाले झापामा हार्डवेयर र घरजग्गाका कारोबार गर्ने बहानामा तीन जनासँग डेढ करोड रुपैयाँ ठगि गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै अन्य जिल्लाबाट खाद्यान्न उधारो ल्याइ राजधानीमा सस्तो मूल्यमा बिक्री गरेर रकम लिएर सम्पर्क बिहीन भएको प्रहरीको दावी छ ।

प्रहरीका अनुसार जिन्दलले गत चैत महिनादेखि लकडाउन अवधिमा विभिन्न स्थानमा ठगि गरेको बताएको छ ।

पक्राउ परेका जिन्दललाई थप अनुसन्धानका लागि प्रहरीले बारा जिल्ला पठाउने तयारी गरेको छ ।