१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अपहरणको आरोपमा ७ जना पक्राउ


0
Shares

काठमाडौं, साउन २ । प्रहरीले शुक्रबार बिहान अपहरणमा परेका एक ब्यक्तिलाई केही घण्टामै सकुशल उद्धार गरेको छ ।

काठमाण्डौको टोखाबाट बिहान १० बजे अपहरणमा परेका रामबाबु शाहलाई महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरको लोकन्थलीबाट दिउँसो १ बजे सकुशल उद्धार गरेको हो ।

साहलाई बन्धक बनाइएको कोठाबाट साहसहित सात जना अपहरणमा संलग्नलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच जग्गा कारोबार र लेनदेनको विषयमा विवाद रहेको देखिएको छ ।

साहले जग्गा बिक्री गर्न लिएको २५ लाख बैना रकम फिर्ता नगरेपछी उनलाई अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

अपहरणकारीहरुले प्रहरी सामु साहलाइ छलफलको लागि मात्र बोलाएको दाबी गरेका छन् ।

छलफलका लागि ल्याइएकै भएपनि अपहरण शैलीमा ल्याएको पाइएकाले सोही अनुसार अनुसन्धान एवं कारबाही अगाडी बढाइने महाशाखाका एसपी होविन्द्र बोगटीले जानकारी दिनुुभयो ।

उनीहरूको साथबाट कुनै हतियार भने फेला नपरेको प्रहरीले जनाएको छ ।