१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भाषा जोगाउन मातृभाषा कार्यक्रम


0
Shares

तनहुँ, साउन २ । तनहुँको बन्दीपुर गाउँपालिकाले मातृभाषा पाठशाला कार्यक्रम सञ्ंचालन गर्ने भएको छ ।

पछिल्लो समय भाषा लोप हुँदै जान थालेपछि त्यसको संरक्षण गर्न गाउँपालिकाले यस बर्ष मातृभाषा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

गुरुङ, मगर तथा नेवारसमुदायको बाहुल्य रहेको बन्दीपुरमा आदिवासी जनजातीलाई भाषा संरक्षणमा सहयोग पुगोस् भन्ने उदेश्यले गाउँपालिकाले मातृभाषा कार्यक्रमलाई प्राथमिकतामा राखेको हो ।