
एजेन्सी, साउन ३ ।
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या पनि कोरोना भाइरसका कारण अस्पताल भर्ना भएका छन् ।
कोरोना भाइरसको संक्रमण देखिएपछि घरमै रहेका उनीहरुलाई अन्ततः मुम्बईको नानावती अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
परीक्षणमा संक्रमण देखिए पनि कुनै स्वास्थ्य समस्या नहुँदा उनीहरु घरमै थिए । तर सावधानीका लागि अस्पताल भर्ना गरिएको जानकारी प्राप्त भएको समाचार संस्था पिटिआईले जनाएको छ ।
ऐश्वर्याका श्रीमान् अभिषेक बच्चन र ससुरा अभिताभ बच्चन पनि कोरोना भाइरसको संक्रमण देखिएपछि यसअघि देखिनै सोही नानावती अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस्