१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भान्जाको अपहरण पछि हत्या आरोपमा मामा पक्राउ


0
Shares

काठमाडौं, साउन ४ । आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने एकजना १३ वर्षपछि पक्राउ परेका छन् ।

महानगरिय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेशकुमार गुप्तालाई पक्राउ गरेको हो ।

महाशाखाको टोलीले उनलाई सर्लाहीको मलंगवा ८ गोरखकाली भन्ने ठाउँबाट पक्राउ गरिएको महाशाखाका एसएसपी दीपक लामाले बताउनुभयो ।

अभियुक्तले २ लाख ५० हजार फिरौती मागेका थिए । पछि २ लाखमा कुरा मिलेको थियो ।

यद्यपी अभियुक्त आफैले फिरौतीबाफतको २ लाख रुपैयाँ त्रिभुवन पार्कमा लिएर गएको उहाँले बताउनुभयो ।

शव व्यवस्थापनपछि छठ मान्न जान्छु भनेर उनी भारत गएको र उतै बसेको उहाँले बताउनुभयो ।

घटनामा संलग्न धादिङका विष्णु सुनारलाई प्रहरीले सोही वर्ष मंसिर १२ गते पक्राउ गरेको थियो ।

उनकै बयानका आधारमा गुप्ताको खोजीकार्य जारी रहेको थियो ।

वि.स. २०६४ साल असोज २४ गते खिचापोखरी बस्ने रोहित गुप्तालाई उनले अपहरण गरी हत्या गरेका थिए ।

शव ३ दिनपछि मात्रै फेला परेको थियो ।