१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महिला हिंसा रोकथामका लागि संसदीय समितिको सहकार्य


0
Shares

काठमाडौं, साउन ४ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समिति र प्रदेशसभाका सामाजिक समितिहरुले हिंसा रोकथामका लागि सहकार्य गर्ने भएका छन् ।

सामाजिक र सांस्कृति कुरितिहरुका कारण महिलामाथि हुने हिंसा बढीरहेको अवस्थामा समितिहरुले सहकार्य गरेर काम गर्ने भएका हुन् ।

आइतबार महिला शान्ति र सुरक्षाका विषयमा भएको भर्चुअल छलफलमा सभ्य समाजका लागि भौतिक पूर्वाधार विकास र सामाजिक क्षेत्रको विकासमा समेत साझा धारणा बनाएर अगाडी बढ्ने निर्णय भएको छ ।

समिति सभापति निरुदेवी पालले हिंसा रोकथाम गरी समाजलाई गतिशिल बनाउन साझा धारणा विकास गर्न र सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

समितिले शान्ति र सुरक्षाका विषय मापन गर्न कठिन भएपनि उल्लेखित विषयमा विकास भएका सूचकहरुको प्रयाग गरी विद्यमान अवस्थामा मापन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यसको परिणाम लिखित रुपमा समितिमा पेश गर्न पनि समितिले निर्देशन दिएको छ ।

समितिले आइतबार भर्चुअल छलफल मार्फत महिला शान्ति सुरक्षाका विषयमा प्रदेशसभाका सामजिक समिति आवद्ध सभापति र सांसदहरुसँग अनुभव आदान प्रदान गरेको थियो ।