१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो


0
Shares

काठमाडौं, साउन ४ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ५८ जना संक्रमण मुक्त भई घर फर्केका छन् । अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ११ हजार ६ सय ९५ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ४० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४१ वटा मात्रै पिसिआर परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अहिले २२ हजार ६ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैबीच, मन्त्रालयले पीसीआर परीक्षणबारे भएका टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कम परीक्षण भएको लगायतका भ्रामक टिप्पणी हुने गरेको भन्दै प्रवक्ता डा गौतमले कस्तालाई परीक्षण गर्ने र कस्तालाई नगर्ने भन्ने स्वास्थ्यको मापदण्ड अनुसार गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

जनस्वास्थ्यका न्यूनतम मापदण्ड उल्लंघन भइरहेको बताउँदै प्रवक्ता गौतमले हामी अझै जोखिममा रहेकोसमेत उल्लेख गर्नुभयो ।