१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नियमित विद्युत कटौती र न्यून भोल्टेजका कारण धनकुटाका उपभोक्ता मारमा


0
Shares

नियमित विद्युत कटौती र न्यून भोल्टेजका कारण धनकुटाका उपभोक्ता मारमा
काठमाडौं, साउन ४ । विद्युत कटौती र न्यून भोल्टेजका कारण धनकुटाका उपभोक्ता समस्यामा परेका छन् ।

विद्युतको अनियमित आपूर्ति र न्यून भोल्टेजले गर्दा धनकुटाको तेलिया, तांखुवा, मारेककटहरे, जीतपुरका साथै शहिदभूमि गाउँपालिका तथा पाखिबास नगरपालिकाका ग्रामीण क्षेत्रमा लकडाउन यता दैनिक लामो समयसम्म लोडसेडिङ् हुने गरेको उपभोक्ताको गुनासो छ ।

यता प्राधिकरणको धनकुटा वितरण केन्द्रका प्रमुख दीपक सापकोटाले भने लाइन मर्मत र सफाइको काम चलिरहेकाले विद्युत् वितरणमा केही बाधा पुगेको बताउनुभयो ।