
सर्लाही, साउन ५ । सर्लाहीमा मुसलधारे वर्षाका उत्तरी पूर्व–पश्चिम राजमार्ग क्षेत्र डुबानमा परेको छ ।
भारी वर्षाका कारण उत्तरी क्षेत्रका हरिवन, नयाँरोड, बागमती, लालबन्दी, नवलपुरलगायत स्थानमा समेत कतिपय घरहरु डुबानमा परेको स्थानीयले जानकारी दिएकाछन् ।
कतिपय ठाउँमा कालोपत्रे सडकसहित संरचनाहरुमा पानीले क्षति पुर्याएको छ ।
स्थानीयले आफु खुशी बनाएका संरचना तथा पछिल्लो केही वर्षयता टोलटोलमा निकास बिना निर्माण गरिएका सडकका कारण पनि ती क्षेत्र डुबानमा परेका हुन ।
प्रतिक्रिया दिनुहोस्