१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशभरका नदीमा बाढीको खतरा, तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन अपील


0
Shares

flood allert kathmandu river koshi narayani

काठमाडौं, साउन ६ । देशभर लगातार परेको पानीका कारण देशभरका विभिन्न स्थान बाढी, पहिरो र डुबानको चपेटमा परेका छन् ।

पहाडी भेमा पहिरो जाँदा खोला नदीहरुमा बाढी आएको छ । पहाडबाट खोलाहरुमा बाढी आउँदा तल्लो तटीइ क्षेत्र तराईका अधिकांश भूभा डुबानको चपेटमा परेको छ ।

मनसून शुरु भएको एक महिनाको समयमै एक सयभन्दा बढी मानिसको मृत्यु भैसकेको छ भने अर्बौअर्बको धनमाल स्वाहा भएको छ ।

अझै तीनसम्म लगातार पानी पर्ने अनुमान मौसम विभागको छ । नेपाल बाढी सूचना केन्द्रले अविरल वर्षाका कारण नेपालका मुख्य र तिनका सहायक नदीमा बहाव खतराको सूचकमाथि जाने भएकाले सतर्क हुन भनेको छ ।

काठमाडौंवासीलाई नै पनि सतर्क रहन अपील गरिएको छ । पछिल्लो ६ घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी बर्षा मापन गरिएको जानकारी दिँदै केन्द्रले मनोहरा, हुनमन्ते, नख्खु लगायत ललितपुर र भक्तपुर भई बग्ने प्रायः सबै नदीमा बहाव खतरा आसपास रहेको जनाइएको छ ।

नदी र नालाको पानी सडक र बस्ती सम्म आउनसक्ने भन्दै उसले बेलुकासम्मै उच्च सतर्क रहन आग्रह गरेको छ ।

केन्द्रले एक सूचना जारी गरी नेपालका सबै ठूला नदीमा बाढीको खतरा औल्याएको छ । नारायणी र सोका सहायक नदीमा बहाव खतराको संकेतभन्दा माथि हुने जनाएको छ । उसले नवलपरासीको सुस्तामा डुवानको जोखिम हुने जानकारी दिएको छ ।

यसैगरी कोशी नदीको बहाव पनि खतराको संकेत नजिक हुने जनाएको छ ।

यसकासाथै कनकाई, कमला, बागमती तिनाउ, पूर्वि राप्तीमा नदीको स्तर खतराको बिन्दु आसपास हुने भएकाले तटिय क्षेत्रका वासिन्दालाई सतर्क रहन भनेको छ ।

पूर्वी राप्ती जलाधार क्षेत्रमा बाढी बढेकाले चितवनको सौराह आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ ।