३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


विपी माटोको स्पन्दन बुझ्ने राजनेता : पूर्व राष्ट्रपति यादव


0
Shares

काठमाडौं, साउन ६ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले बिपी कोइराला राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो व्यक्ति भएको टिप्पणी गर्नुभएको छ ।

बी.पी.कोइरालाको ३८ औँ स्मृति दिवसका अबसरमा मंगलबार काठमाडौं आयोजित कार्यक्रममा उहाँले विपी माटोको स्पन्दन बुझ्ने राजनेता भएको भन्दै आज पनि मुलुकका निम्ति बी.पी.का विचार उत्तिकै सामयिक रहेको बताउनुभयो ।

कांग्रेस सभपाति शेरवहादुर देउवाले वीपी सानो देशको अग्लो ब्यक्तित्व र दूरदर्शी राजनेता भएको बताउनुभयो ।

देउवाले नेपालले अहिले हिंड्ने मूल बाटो वीपिकै विचार र विश्वासको बाटो भएको दाबी गर्नुभयो ।

कार्यक्रममा विपी पुत्र समेत रहनुभएका कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले नेपाली कांग्रेस र मुलुक अब बीपी कोइरालाले देखाएको परिवर्तनको मार्गमा हिड्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढेको समेत टिप्पणी समेत गर्नुभयो ।