२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


खानाको अभावमा मृत्यु


0
Shares

जाजरकोट, साउन ७ । गत असार २५ गते भीषण पहिरोमा परी बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको छ ।

त्रिपालमा खानबस्न अभाव हुँदा स्वास्थ्यावस्था कमजोर भई उनको मृत्यु भएको वडा सचिव डम्बर पुनले जानकारी दिनुभयो ।

बुधबार बिहान मृत्यु भएका सार्की जस्तै त्रिपालमा बसेकालाई खानेकुराको निकै समस्या भएको सचिव पुनले बताउनुभयो ।

आधारभूत आवश्यकता पूर्ति नभए अन्य क्षति हुन सक्ने उनको जिकिर छ । रासस