
तस्विर : फाइल
काठमाडौं, साउन ७ । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ ।
भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो ।
पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ ।
अहिले पहिरो पन्छाउने काम भइरहेको छ । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर हिजो दिउँसो एकतर्फी खुलाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्