
तस्विर : फाइल
चितवन, साउन ७ । नारायणी नदीको वहाव कम भएसँगै चितवनमा ५ जनाको शव फेला परेको छ ।
जसमा भरतपुर महानगरपालिका वडा नम्बर ६ का ४० वर्षिय कर्णबहादुरको शवको मात्र पहिचान भएको छ ।
त्यस्तै भरतपुर महानगरपालिका १ ठिमुरामा करीव १४ वर्षकी बालिका र अर्का एक पुरुष को शव फेला परेको छ ।
दुवै शव नदीले पहाडतिरबाट बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।
त्यस्तै भरतपुरकै वडा नम्बर १ गैँडाचोक नारायणी किनारमा अन्दाजी ५० वर्षीया एक महिलाको शव भेटिएको छ ।
उता पूर्वी चितवनको खैरहनी नगरपालिको राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० बर्षिय पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्