१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्व डिआइजी कोइरालाको फैसला प्रति पीडित परिवारको आपत्ति


0
Shares

काठमाडौं, साउन ८ । पूर्व डिआइजी कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ ।

सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला प्रकरणमा सर्वोच्च अदालतले साढे ८ वर्ष मै पूरा हुने फैसला गरेपछि पीडित परिवारले यसबाट समाजमा राम्रो सन्देश प्रवाह नहुने बताएको हो ।

कोइराला रिहा भएपछि पीडित गीता ढकालका बुवा हरेराम ढकालले अदालतको यो फैसलाले समाजमा राम्रो सन्देश नदिने बताउनुभयो ।

मान्छे मारेको घटनामा जन्मकैद तोकिएका व्यक्तिलाई सर्वोच्च अदालतले नै ८ वर्षमा सजाय पूरा हुने फैसला गरेपछि समाजमा अपराध बढ्ने उहाँले बताउनुभयो ।

सर्वस्वसहित जन्मकैदको फैसला साढे ८ वर्षमा पूरा हुने भए किन २०, २५ वर्ष राख्नुप¥यो भन्दै उहाँले प्रश्न गर्नुभयो ।

सर्वोच्चले कोइरालालाई तोकिएको सर्वस्वसहितको जन्मकैद फैसला उल्ट्याएर साढे ११ वर्ष कैद मिनाहा गरेको हो ।