१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मध्यपहाडी लोकमार्ग अझै खुल्न सकेन


0
Shares

बागलुङ, साउन ८ । तीन दिनदेखि अवरुद्ध मध्य पहाडी लोकमार्ग अझै खुल्न सकेको छैन ।

लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डको बोक्से गैह्रामा पहिरो खस्दा अवरुद्ध भएको हो ।

जिल्ला प्रशासन र लोकमार्गको सहकार्यमा पहिरो पन्छउने कार्य भए पनि सकडभन्दा तल रहेको बस्ती जोखिममा पर्ने भन्दै स्थानीयले पहिरो हटाउन दिएका छैनन् ।

पहिरोको सबै माटो बस्तीमा खस्ने हुँदा जोखिम हुने भन्दै सडक खुलाउन नदिएको स्थानीयले बताएका छन् ।

सडकमा झरेको सबै माटो अन्तै लग्ने भए मात्रै सडक खोल्न दिने उनीहरुको भनाइ छ ।

तीन दिनदेखि सडक नखुल्दा सयौँ यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

यता सडक विभागसँग समन्वय गरेर पहिरो पन्छाउने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक रिजालले बताउनुभयो ।