१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा खेतबारीमै तरकारी कुहियो


0
Shares

चितवन, साउन ८ । भरतपुर महानगरपालिका नयाँ बस्तीस्थित केरूङ्गा सामूहिक तरकारी कृषि फार्मका अधिकांश तरकारीहरु खेतबारीमै कुहिन थालेको छ ।

गोलभेँडा, लौका, बन्दाकोबी, करेला, लगायतका तरकारीले बजार नपाउँदा खेतबारीमा कुहिएका हुन् ।

कृषि फार्मको ३ बिगाहामा लगाइएको गोलभेँडा र १ बिगाहामा लगाइएको बोडी सबै कुहिएर गएको छ ।

पर्ने भाउमा तरकारी विक्न छोडेपछि किसानहरुले सस्तो भाउमा तरकारी घरघरमै पुर्‍याउनुको साथै अन्य जिल्ला पुर्‍याउन थालेका छन् ।

तरकरी कृषि फामले सय जनालाई रोजगारी दिएको छ भने ९६ जना स्थानीय किसानहरु केरूङ्गा सामूहिक तरकारी कृषि फार्ममा आवद्ध छन् ।