
काठमाडौं, साउन ८ । पूर्व डिआइजी कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन रिट दायर गर्ने भएको छ ।
पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय काटिरहेका कोइरालको मुद्दामा सर्वोच्च अदालतले असार १५ गते ८ वर्ष ६ महिना मात्रै थुनामा बसे पुग्ने भन्दै फैसला गरेको थियो ।
सोही फैसला चित्त बुझ्दो नभएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि सार्वोच्चमा रिट दायर गर्ने भएको हो ।
बिहीबार अन्तरपार्टी महिला सञ्जालका टोलीसँगको भेटका क्रममा महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले सर्वोच्चको फैसलाविरुद्ध अदालतमा पुनरावलोकनका लागि जाने बताउनुभएको सञ्जालका अध्यक्ष सावित्रा भुषालले बताउनुुभयो ।
सर्वोच्च अदालतको फैसला चित्त नबुझे पुनरावलोकनमा जान पाउने व्यवस्थाअनुसार महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि सर्वोच्चमा रिट दायर गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्