
कैलाली, साउन ८ । सुदूरपश्चिमका बिहीबार थप ३५ जनामा कोरोना पुष्टि भएको छ ।
धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा र डडेल्धुरा प्रयोगशालामा भएको कोरोना परीक्षणमा कञ्चनपुरका २६ जना, डोटीका सात र डडेल्धुराका दुइ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ७७ पुगेको छ ।
संक्रमण पुष्टि भएका २ हजार दुई सय ३३ जना डिस्चार्ज भएका छन भने ८ जनाको मृत्यु भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्