१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा अध्यक्षद्वय ओली–दाहालबीच आजपनि छलफल


0
Shares

kp oli prachanda primeminister NCP

काठमाडौं, साउन ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच शुक्रबार दुई घण्टा छलफल भएको छ ।

शुक्रबार बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षले पार्टीमा देखिएको विवाद समाधानका उपायबारे आ–आफ्ना धारणा राख्नुभएको बताइएको छ । यद्यपि, दुबै पक्षले छलफलका विषय सार्वजनिक गरेका छैनन् ।

केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गर्नुपर्ने माग दाहाल–माधव नेपाल पक्षले गरेपछि नेकपामा सत्ताको किचलो चरम बनेको छ ।

यद्यपि, पछिल्लो समय प्रधानमन्त्री ओलीले आगामी मंसिरमा अर्ली महाधिवेशन गर्ने र त्यसमा नेतृत्व परिवर्तन गर्न प्रस्ताव गरेपछि विवाद केही मत्थर भएझै देखिन्छ ।

स्वयं दाहाल पनि महाधिवेशनको प्रस्तावमा लचिलो बनेको जनाइएको छ । माधव नेपाल–झलनाथ खनाल भने ओलीको कुरामा विश्वास गर्ने आधार नभएको बताइरहेका छन् ।

महिना दिनदेखि जारी रहेको स्थायी कमिटी बैठक त्यत्तिकै स्थगित गरिराखिएको छ भने केही नेताले केन्द्रीय कमिटी बोलाउन माग गरिरहेका छन् ।

यस्तोमा देशभर बाढी पहिरोको अवस्था रहेको भन्दै स्थायी कमिटी स्थगन गरिएको थियो । त्यही बीचमा दुई अध्यक्षबीच सहमति खोज्ने प्रयासस्वरुप उहाँहरुबीच पटक पटक वार्ता त हुन्छ तर कुनै समाधान निस्केको छैन ।