
काठमाडौं, साउन ९ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
बिहान पर्साको वीरगञ्जकी ८५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएसंगै मृतकको संख्या ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो ।
देशभर कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक सय ३३ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको मन्त्रालयले बताएको छ ।
अहिले सक्रिय संक्रमितहरु ५ हजार ३ सय ८३ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ सय ७ जना संक्रमण मुक्त भई घर फर्केका छन् ।
अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण भएको छ ।
हाल १९ हजार ७ सय ४४ जना क्वारेन्टिनमा रहेका छन् । ५ हजार ३ सय ८३ जना आइसोलेसनमा रहेका छन् ।
पाँचथर, भोजपुर, संखुवासभा, मनाङ्ग, मुस्ताङ र रसुवा गरी ६ जिल्ला संक्रमण मुक्त रहेका छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्