१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


वडाध्यक्षमाथि कुटपीटको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना पक्राउ


0
Shares

सर्लाही, साउन ९ । वडा अध्यक्षलाई कुटपिट गरेको अभियोगमा सर्लाही प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले सर्लाहीका प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय यादव, उहाँका भाइ लालबाबु राय यादव र स्थानीय शैलेन्द्र राय यादवलाई नियन्त्रणमा लिएको हो ।

सर्लाहीको हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीका वडाध्यक्ष धर्मराज सिंह महतोमाथि बिहीबार कुटपीट भएका थियो ।

वडाध्यक्ष महतोलाई गएसाँझ गाउँमै एक समूहले कुटपिट गरी घाइते बनाएको थिए ।

भाटा र लठ्ठीले आक्रमण गर्दा वडाध्यक्ष महतोको हात, छातिलगायत शरीरका विभिन्न भागमा चोट पटक लागेको थियो ।

महतोको हाल ललितपुरमा उपचार भइरहेको छ । केही दिनअघि गाउँमा लागेको असारे मेलामा युवतीलाई जिस्काएको निहुँमा विवाद हुँदै आएको थियो ।

सोही विषयलाई लिएर वडाध्यक्ष सिंहमाथि कुटपिट भएको हुन सक्ने आशंका गरिएको छ ।