२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


१० वटा विधेयक पारित गर्दै प्रदेश १ को वर्षे अधिवेशन अन्त्य


0
Shares

विराटनगर, साउन ९ । प्रदेश १ को वर्षे अधिवेशन अन्त्य भएको छ ।

अधिवेशन अवधिभर ३७ पटक बैठक बसेकोे प्रदेशसभाले ऐन संशोधनसहित १० वटा विधेयक पारित गरेको छ ।

अधिवेशमा सबै विधेयक र प्रतिवेदन सर्वसम्मत पारित भएका हुन् ।

वर्षे अधिवेशनको अन्तिम दिन संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले कोराना भाइरसको संक्रमण जनस्तरसम्म पुग्ने अनुमान गरेको बताउनुभएको छ ।

कांग्रेसले भने सरकारले बिना छलफल अधिवेशन अन्त्य गरेको भन्दै सरकारको विरोध गरेको छ ।

कोरोना महामारीको समयमा सरकारले अधिवेशन अन्त्य गरेर नागरिकप्रतिको कर्तव्यबाट पन्छिन खोजेको काँग्रेसको आरोप छ ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता राजीव कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले गरेको खर्चको पारदर्शिताबारे पनि जिज्ञासा राख्नुभएको थियो ।