
तस्विर : फाइल
धादिङ, साउन ९ । अविरल वर्षापछि आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गमा सवारी साधन गुड्न थालेका छन् ।
बाढीले भत्काएको भागमा नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरी साना सवारीसाधन चल्न थालेका हुन् ।
सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा रहेको मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्णरुपमा ठप्प भएको थियो ।
धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड सोमबारदेखि बन्द भएको थियो भने डाइभर्सनको लागि पनि समस्या भएको थियो ।
पुल मर्मतको काम चलिरहेपनि पहिरोका कारण ठाउँठाउँमा राजमार्ग अवरुद्ध छ ।
प्रतिक्रिया दिनुहोस्