१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘सर्वोच्चको फैसलाले पीडितलाई थप प्रताडित बनायो’


13
Shares

काठमाडौं, साउन ९ । सर्वोच्च अदालतले हत्या अभियोगमा थुनामा रहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रन्जन कोइरालाको सजायको समयावदी घटाएको भन्दै पीडितले आपत्ति जनाएका छन् ।

मृतक गीता ढकालका बुबा हरेराम ढकालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतको फैसलाले पीडितलाई थप प्रताडित बनाएको आरोप लगाउनुभयो ।

उहाँले आफ्नी छोरीका हत्यारालाई जन्मकैदको सजाय हुने जिल्ला र उच्च अदालतले गरेको फैसला उल्टाएर सर्वोच्चले पीडितलाई अन्याय गरेको बताउनुभयो ।

कोइरालाई सर्वस्वसहित जेल सजायको फैसला सुनाएपनि सर्वोच्चले ८ वर्ष थुनामा बसेपछि बाँकी सजाय काट्नु नपर्ने फैसला सुनाएको थियो ।

सर्वोच्चको आदेशसँगै कोइराला बिहीबार छुटेका थिए ।