१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ठूला कारागारलाई संघीय र अन्यलाई प्रदेश कारागारको रुपमा वर्गीकरण गर्नुपर्ने : गृहसचिव न्यौपाने


0
Shares

काठमाडौं, साउन ९ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल सुरु गरेको छ ।

समितिको शुक्रबारको बैठकमा कारागार सम्बन्धी उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।

छलफलमा विधेयकमा संशोधन राख्ने सांसदहरुले कारागार सम्बन्धी कानूनलाई समयसापेक्ष निर्माण गर्न विभिन्न विषयमा संशोधन राखेको बताएका छन् ।

बैठकमा गृहसचिव महेश्वर न्यौपानेले परिभाषामा थप व्याख्या गरेर जानुपर्ने विषयमा मन्त्रालय पनि सहमत रहेको बताउनुभयो ।

त्यस्तै कारागारलाई संघीय कारागार र प्रदेश कारागारको रुपमा वर्गीकरण गर्ने व्यवस्था पनि विधेयकमा राख्नुपर्ने न्यौपानेले बताउनुभयो ।

उहाँले ठूला कारागारलाई संघीय कारागार र अन्यलाई प्रदेश कारागारको रुपमा वर्गीकरण गर्नुपर्ने बताउनुभयो ।

बैठकमा सांसदहरुले समय सापेक्ष कारागार कानून निर्माण गर्नका लागि संशोधन राखिएको स्पस्ट पारेका थिए ।