१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनसेलले ल्यायो ‘नयाँ सजिलो सिम’


0
Shares

काठमाडौं, साउन ९ । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक र भ्वाईस र डेटा सेवाको बन्डलिङ ‘नयाँ सजिलो सिम’ ल्याएको जनाएको छ ।

कम्पनीले कुनै पनि ग्राहकले ९९ सय रुपैयाँमै सिम लिन सक्ने र सिम लिएपछि पहिलो १ वर्ष सम्म रिचार्ज गर्दा १ वर्ष सम्म डेटा बोनस पाउन सक्ने जनाइएको छ ।

यो नयाँ सिम लिदा ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउने कम्पनीले जनाएको छ ।

यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनको लागि मान्य हुने कम्पनीले जनाएको छ ।