
काठमाडौं, साउन ९ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा घर सञ्चालन गर्ने विषयमा छलफल गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खतिवडाले सिनेमा घरहरुले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दूरी कायम गरी चलाउन सक्ने भए छलफल गरेर अगाडि बढ्न सकिने बताउनुभएको छ ।
उहाँले सिनेमा घर सञ्चालन गर्ने सम्बन्धमा चलचित्र विकास बोर्डले मापदण्ड तयार गरिसकेको र त्यसमा छलफल गरेर छिट्टै टुंगोमा पुग्ने बताउनुभयो ।
चलचित्र क्षेत्र अति प्रभावित क्षेत्र भएकाले लकडाउनका कारण परेको असरलाई न्यूनीकरण गर्न मौद्रिक नीतिले सम्बोधन गरेको मन्त्री खतिवडाले बताउनुभयो ।
उहाँले चलचित्रमा भएको लगानीलाई ह्रास हुन नदिन र पूँजी क्षय हुन नदिन नीतिगत रुपमा मिलाउने कामहरु भइसकेको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्