७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


रक्षामन्त्री पोखरेलसँग नेपालका लागि अमेरिकी राजदुत बेरीको भेटवार्ता


0
Shares

काठमाडौं, साउन ११ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ ।

आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राख्नु भएको हो ।

सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदनको विषयलाई लिएर विभाजित भएका बेला राजदुत बेरीले भेट गर्नुभएको हो ।

गत जेठ १६ गते संसदबाट पारित गरिसक्नु पर्ने भएपनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारीबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे छलफल गर्नुभएको हो ।

भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेका छ भन्दै चासो राख्नुभएको रक्षामन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताउनुभयो ।

भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राख्नुभएको सहसचिव सुनारले बताउनुभयो ।

भेटमा बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढी जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजनाबारे पनि चासो राख्नु भएको थियो ।

अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गर्नुभएको थियो ।