१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूपश्चिममा थप १७ जनामा कोरोना पुष्टि


0
Shares

काठमाडौं, साउन ११ । सुदूरपश्चिममा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार २४ घण्टामा तीन सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको हो ।

आइतबार थपिएका मध्ये सबैभन्दा अछामका १४ जना, बाजुराका दुई महिला र एक बालकसहित ३ जना रहेका छन् ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार दुई सय २६ पुगेको छ भने ८ जनाको मृत्यु भइसकेको छ ।