१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँमा एक वर्षमा ८८ सवारी दुर्घटना, ४४ जनाको मृत्यु


0
Shares

तनहुँ, साउन ११ । तनहुँमा आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनामा परेर ४४ जनाले ज्यान गुमाएका छन् ।

विभिन्न सवारी दुर्घटनामा परी ३० पुरुष, ११ महिला, दुई बालक र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै दुर्घटनामा ६७ जना गम्भिर घाइते भएका छन् ।

ओभरस्पिड, ओभरटेक, साँघुरो सडक लागायतका कारणले जिल्लामा सवारी दुर्घटना बढ्दै गएको प्रहरीको तथ्याकले देखाएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा ३१ माटरसाइकल, १६ बस, १५ कार, १२ ट्रक, १० ट्याक्टर, २ टिप्पर, एक एक जना माइक्रोबस र एक साना सवारी गरी ८८ सवारी साधन दुर्घटना भएको थियो ।