
रोमन आचार्य र सुयेश मानन्धर (ईमेज)
काठमाडौं, साउन ११ । ७७ जिल्ला, अलग–अलग देश र केन्द्रीय कार्यसमितिको बैठकको माइन्यूटमा निर्णय लेख्दै कांग्रेसले सरकारको अकर्मणयता र असफलताको भण्डाफोर गर्ने संस्थागत निर्णय गरेको छ ।
तर, पार्टीको संस्थागत निर्णयको उल्लघन स्वयम् पार्टी सभापति शेरवहादुर देउवाले गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको शरणमा पुगेको चर्चा छ ।
देउवालाई नजिकबाट बुझेका विश्लेषकहरु भने ओलीसँगको साठँगाठँ देउवाको निम्ति प्रत्युत्पादक बन्न सक्ने चेतावनी दिन्छन् ।
पार्टी निर्णय विपरित असारमा दुई पटक लुसुक्क बालुबाटार छिर्नुभएका कांग्रेस सभापति देउवा साउनमा पनि दुई पटक बालुबाटर छिर्न भ्याइसक्नुभएको छ ।
जुन चर्चाको विषय बन्यो । किनभने सत्तारुढ दलभित्र सत्ता संघर्ष चुलिएको बेला ओलीले देउवालाई बालुबाटारमा गरेको न्यायो स्वागतले उहांहरु बीच कुनै खिचडी त पाक्दै छैन भन्ने कौतुहलता जन्माएको छ ।
बैशाख १६ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले जनताले दिएको अभिमतको घोर उपेक्षा र अपमान गरेको ओली नेतृत्वको सरकारले, शासन गर्ने राजनीतिक एवं नैतिक आधार गुमाएको ठहर गरेको थियो ।
त्यसयता बसेका बैठकहरुले पनि स्वास्थ्य संकटको समयमा ओली सरकार जनआवश्यकता अनुरुप प्रस्तुत हुन नसकेको भन्दै कडा विरोध गर्यो ।
तर, सरकारविरुद्ध आगो ओकल्ने संस्थागत रणनीति लिएको कांग्रेसले सरकारलाई लिएर दोहोरो नीति अंगीकार गरिरहँदा राजनीतिक विश्लेषकहरु भने देउवा–ओली साठँगाठँ देउवाको निम्ती प्रत्युत्पादक बन्न सक्ने चेतावनी दिन्छन् ।
पार्टीभित्र आफूविरुद्ध मोर्चावन्दी गरेर बसेका नेताहरुलाई तर्साउन ओलीले देउवालाई चियागफका लागि बालुबाटार डाकेको हुनसक्ने अनुमान पनि एकथरिको छ ।
देउवानिकट खेमालाई स्वभाविक लागेको ओली देउवा शृंखलाबद्ध भेट र संवादका अन्तर्वस्तुले कांग्रेसको नीति र नियतमाथि गंभिर प्रश्न उठाएको छ ।
यसले पार्टीको अर्को खेमा सशकीत छ । भलै संवैधानिक आयोगहरुमा भागवण्डाको कुरा भनिएको छ, तर नेकपाभित्रको अन्तरविरोधमा खेलेर सरकारमा जाने देउवाको चाल पनि सक्ने अनुमान छ ।
अर्का राजनीतिक विश्लेषक शर्मा पनि नेकपाभित्रको विवादका बिचमा झिगे दाउँ थापेर देउवा ओलीको शरणमा पुगेको विश्लेषण गर्नुहुन्छ ।
नेकपा विवादकै बिच ओलीले कहिले वान–टु–वान त कहिले आफ्ना दूत पठाएर देउवालाई मन्त्रालय सहितको प्रस्ताव लगेको चर्चा अझै सेलाएको छैन ।
विवादित एमसिसी परियोजना पास गराउने हतारो ओलीलाई भन्दा देउवामा बढी देखिन्छ ।
संस्थागत निर्णय विपरित देउवाको प्रधानमन्त्री ओलीसँग बढ्दो साठँगाठँले देउवालाई कति फाइदा वा हानी होला त्यो भने समयले बताउदै जानेछ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्