२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गायक खतिवडाको ‘जाँदैछु टाढा’ गीत सार्वजनिक


0
Shares

काठमाडौं, साउन १२ । नयाँ पुस्ताका उदयमान गायक नितराज खतिवडाको ‘जाँदैछु टाढा’ बोलको गीत सार्वजनिक भएको छ ।

राजीव दर्जीको शब्द र सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन भने मनोज थापा मगरले गरेका छन् ।

नेपाली साङ्गीतिक क्षेत्रमा प्रवेश गरे संगै उनको यो गीतले सबै साङ्गीतिक श्रोता ,दर्शकको मन जित्न सक्ने विश्वास उनले लिएका छन् ।

आगामी दिनमा पनि निरन्तर लागि साङ्गीतिक क्षेत्रमा केही योगदान गर्ने वाचा गरेका गायकले थप नयाँ साङ्गीतिक कोशेली पनि दर्शक,श्रोता माझ पस्कने वाचा गरेका छन् ।

‘जाँदैछु टाढा’बोलको म्युजिक भिडियो भने निर्माणको क्रममा रहेको प्रतिकृया उनले दिए ।