
विराटनगर, साउन १२ । प्रदेश १ मा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
इलाममा ९ र विराटनगरमा २२ गरेर ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म यस प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ ।
विराटनगरका २२ संक्रमित मध्ये १९ जना प्रहरी छन् ।
उनिहरु प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत रहेको मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिनुभयो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले संक्रमण पुष्टि भएका प्रहरीलाई पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा पठाइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्