१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिंसामा कमी नआएपछी डार्फरमा थप सैनिक पठाउने सुडान सरकारको निर्णय


0
Shares

काठमाडौं, साउन १२ । अफ्रिकी राष्ट्र सुडानको डार्फर क्षेत्रमा जारी हिंसामा कमी नआएपछी सुडान सरकारले त्यस क्षेत्रमा थप सैनिक पठाउने निर्णय गरेको छ ।

सुडानका प्रधानमन्त्री अब्दाल्ला हाम्दोकलले डार्फरका जनताको सुरक्षाका लागि थप सैनिक पठाउने निर्णय भएको जानकारी दिनुभयो ।

डार्फरमा जारी हिंसाकै बीच पछिल्लो समय बन्दुकधारीहरुको एक समूहले ८० जनाकोे हत्या गर्नुका साथै त्यहाँका गाउँ नै आगजनी गरी लुटपाट मच्चाएसंगै त्यहाँका जनता त्रासमा छन् ।

पछिल्लो दिनमा डार्फरका विभिन्न क्षेत्रमा हिंसात्मक गतिविधि झन बढेका छन् ।

खेतीपातीको समयमा पनि मानिसहरु विस्थापित भएको भन्दै हालै संयुक्त राष्ट्रसंघले पनि विश्वजगतको ध्यान आकर्षण गरेको थियो ।

डार्फरमा पछिल्लो दुई दशकदेखि जारी हिंसा अझै पनि मत्थर भएको छैन ।

हिंसाकै कारण त्यहाँ झण्डै तीन लाख मानिसको ज्यान गएको र २० लाख भन्दा बढी विस्थापित भइसकेका छन् ।

डार्फरमा गत वर्ष मात्रै सत्ताच्यूत राष्ट्रपति ओमार अल–बाशिर समर्थक सुरक्षाकर्मी र बिद्रोही समूहबीच भिडन्त हुँदै आएको छ । (एजेन्सी)