१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा विवादः ओलीको पद धरापमा, सहमतिमा नआए बहुमतले निर्णय गर्ने


0
Shares

काठमाडौं, साउन १२ । सत्ता संघर्षका कारण फुटको डिलमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सहमति नबने बहुमतबाटै निर्णय गर्ने निचोडमा नेताहरु पुगेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीकोको कार्यशैलीका कारण पार्टी र सरकार दुबै चल्न नसक्ने निष्कर्ष निकालेका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालसहितका नेताहरु अब बहुमतबाटै निर्णय लिने पक्षमा उभिनुभएको हो ।

लामो समयदेखि पटक पटक स्थगित गर्दै आएको स्थायी कमिटी बैठक मंगलबारका लागि बोलाइएको छ ।

पछिल्लो पटक साउन ६ गते एक हप्ताका लागि स्थगित बैठक बस्नुपूर्व सोमबार दाहाल–नेपाल खेमाका नेताहरुले अलग्गै छलफल गरेर ओली सहमतिमा नआए बहुमतले निर्णय गर्ने निचोड निकालेका हुन् ।

वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतीय प्रक्रियाबाट निर्णय गरिने सञ्चारमाध्यमलाई बताउनुभएको हो ।

सोमबार बिहान दाहाल निवास खुमलटारमा दाहाल, नेपाल, खनाल र नारायणकाजी श्रेष्ठलगायतका नेताहरुबीच छलफल भएको थियो ।

छलफलमा स्थायी कमिटीको बैठक स्थगित नगर्ने र गर्न खोजेमा दाहालले बैठक सञ्चालन गर्ने समझदारी बनेको छ । पार्टी अनिर्णयमा रहन नसक्ने भएकाले सहमति नभए बहुमतले बैठकलाई टुंग्गोमा पु¥याउनुपर्ने नेताहरुको भनाइ छ ।

अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दाहाल–नेपाल पक्षले दबाब दिइरहे पनि ओलीले भने आफूले राजीनामा दिने हो भने त्यही दिनबाट पार्टी एकता भंग हुने भन्दै परिणाम ब्यहोर्न खुल्ला चुनौति दिइरहनुभएको छ ।