१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना परीक्षण गराउन काठमाडौं महानगरले निकाल्यो सर्वाजनिक सूचना


0
Shares

कोरोना परीक्षण गराउन काठमाडौं महानगरको निकाल्यो सर्वाजनिक सूचना
काठमाडौं, साउन १२ । काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुईजनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

भारत स्थायी घर भइ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुईजनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण सार्वजनिक सूचना जारी गरेको हो ।

वडा अध्यक्ष चिनियामान बज्राचार्यले सूचना जारी गर्नुभएको हो ।

भारत घर भइ गोसिफल डेरा गरी बस्ने महाबौद्ध गणेश मन्दिर नजिक पसल गरिरहेका दुईजनामा कोरोना पोजेटिभ देखिएकाले निजसँग संसर्ग हुनेले यथासिघ्र स्वास्थ्य परीक्षण गर्न सूचना जारी गरिएको छ ।

वडा कार्यालयले गणेशमन्दिर देखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ ।