
फाइल तस्वीर ।
कैलाली, साउन १२ । सुदूरपश्चिममा सोमबार थप १७ जनामा कोरोना पुष्टि भएको छ ।
धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय ९७ जनाको कोरोना परीक्षण भएकोमा थप १७ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनु भयो ।
दुई वर्षीया बालिका र ५ वर्षीय बालकमा समेत कोरोना पुष्टि भएको बताइएको छ ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार २ सय ४३ पुगेको छ भने ८ जनाको मृत्यु भएको छ ।
संक्रमण पुष्टि भएका २ हजार सात सय ५१ जना डिस्चार्ज भएका छन ।
प्रतिक्रिया दिनुहोस्