
काठमाडौं, साउन १३ । नेपाल प्रहरीको मुख्यालय नक्सालमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रहरी प्रवक्ता निरजबहादुर शाहीले सुरुमा संक्रमण देखिएका ४ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।
संक्रमित मध्ये प्रहरी प्रधान कार्यालयमा कार्यरत चालक, मेकानिक्स र मेसमा कार्यरतहरु रहेको जनाइएको छ ।
यसअघि सोमबार स्याङ्जाको जिल्ला प्रमुखसहित १८ जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
अहिलेसम्म १८४ जना प्रहरी संक्रमित भएकामा ९९ जनालाई निको भएको पनि प्रवक्ता शाहीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्