
काठमाडौं, साउन १३ । नेपालमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको छ ।
लकडाउन खोलिएसँगै दैनिक संक्रमितको संख्या फेरि बढ्न थालेको छ भने मृतकको संख्या पनि एक्कासी बढेको छ ।
मृतकको संख्या ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।
बझाङका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएसंगै संक्रमितको संख्या ४९ पुगेको हो ।
कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ११ जनामा संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १९ हजार ६३ पुगेको मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौं उपत्यकामा मात्रै ५३ जना थपिएका हुन् ।
हाल ५ हजार १ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ सय २१ जना संक्रमित निको भएर घर फर्केका छन् ।
अहिलेसम्म जम्मा १३ हजार ८ सय ७५ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको पीसीआर परीक्षण भएको छ । देशभर हाल १५ हजार ३ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् ।
५ हजार १ सय २९ जना आइसोलेसनमा छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्