१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विराटनगरमा फेरि दुई साता लकडाउन


0
Shares

विराटनगर, साउन १६ । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ ।

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको हो ।

लकडाउन शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।

यसअघि आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन खुलेसँगै खुला भएका साप्ताहिक हाटबजार पनि बन्द गर्ने, कोरोना जाँचको दायर पनि बढाउने निर्णय गरेको थियो ।